इतिहासकार पुरुषोत्तमशमशेर ज.ब.रा. प्रती हार्दिक श्रद्धाञ्जली।
पुरुषोत्तमशमशेरले बिशेषगरि राणा शासनको इतिहास जसमा राणा प्रधानमन्त्रीहरु जंगबहादुर राणादेखि मोहनशमशेरसम्मको शासन बृत्तान्त लगायतका धेरै सामाग्री हामीलाई पस्किएर राणा शासनबारे दुर्लभ र महत्वपूर्ण जानकारी दिएका छन्। राणा परिवारका सदस्यका रुपमा उनले पारिवारिक र आफ्नै संकलनले राणाकालीन इतिहासका दस्तावेज र तस्वीरहरुले हामीलाई ठूलो गुण लगाए।